भाषा :   Nepali   |   English   |  

प्री-रजीस्ट्रेशन सम्बन्धी थप जानकारी

नोट : यो फारम भर्ने बित्तिकै खोप लगाउने सुनिस्चितता भने हुँदैन। खोपको उपलब्धताका आधारमा नै खोप पाइनेछ।
  • यो फारम कसका लागि हो?
    • यो स्वैछिक दर्ता फारम कोविड्-१९ विरुद्ध कुनै पनि खोप नलगाएका, तर खोप लगाउन इच्छुक १२ बर्ष भन्दा माथिका व्यक्तिहरुका लागि हो।
  • यो फारम भर्नका लागि के के विवरण चाहिन्छ ?
    • पूरा नाम, पूरा ठेगाना, जन्म मिति, पेशा, स्वास्थ्य अवस्था, मोबाईल नम्बर र परिचय पत्र नम्बर (नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारिचालक अनुमतिपत्र, मतदाता परिचय पत्र, पास्पोर्ट, अपङता परिचय पत्र, जन्म दर्ता)।
    • आफ्नो पूरा ठेगाना लेख्दा हालसाल बसोबास गर्ने ठेगाना लेख्नुहोस ।
    • आफ्नो परिचय पत्र नम्बर सहि छ भन्ने कुरा यकीन गरी मात्र लेख्नुहोस।
    • फारममा अनिवार्य गरिएका विवरणहरु अनिवार्य रूपमा भरिदिनु पर्ने हुन्छ।
  • यो फारम भर्न किन महत्वपुर्ण छ ?
    • तपाईं कुन केन्द्रमा खोप लगाउन चाहनुहुन्छ भन्ने सूचना प्राप्त गर्न।
    • यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिका स्तर मा खोप संग संबन्धित योजना तथा व्यवस्थापन गर्नका प्रयोग गरिने छ।

© Ministry of Health & Population

Department of Health Services

Information Management Unit (IMU)/Integrated Health Information Management System (IHIMS), Nepal