महत्त्वपूर्ण सूचना
अनलाईन भ्याक्सिन संचलान गरेका निम्न अनुसारका स्थानिय तहहरुमा खोप लगाउनु भएका महानुभावहरुले कोभिड-१९ को पुरा मात्राको भ्याक्सिन प्राप्त गरेको भनि QR-Code सहितको प्रमाणित सर्टिफिकेट लिनको लागि आवेदन फारम भर्नु पर्दैन। थप जानकारीका लागि सम्बन्धित पालिकामा सम्पर्क गर्नुहोस।
- १) टोखा नगरपालिका- बागमती प्रदेश
- २) बिराटनगर महानगरपालिका- प्रदेश नं. १
- ४) हेटौडा उप-माहानगरपालिका- बागमती प्रदेश
- ५) बेनि नगरपालिका- गण्डकी प्रदेश
- ६) बुटुवल उपमहानगरपालिका- लुम्बिनी प्रदेश
- ७) गुँरास गाउँपालिका- कर्णाली प्रदेश
- ८) धनगढि उप-महानगरपालिका- सुदुरपश्चिम प्रदेश
कोभिड-१९ को भ्याक्सिन कार्डमा पालिकाको नाम, खोप केन्द्रको नाम, र सम्बन्धित कार्यलयको छाप प्रष्ट बुझिने नभएमा QR-Code सर्टिफिकेट प्रमाणिकरण हुने छैन।
यदि त्यस्तो प्रकारको खोप कार्ड छ भने तुरुन्तै आफुले खोप लगाएको खोप केन्द्रमा सम्पर्क गर्नुहोस।
कसैले पनि फर्जी कागजातहरु अपलोड गरेको भेटिएमा नेपाल सरकारको प्रचलित कानून बमोजिम कारबाही हुनेछ।
.
कोभिड-१९ खोपको को पूर्ण मात्रा प्राप्त भएको भनि लिने QR-Code निःशुल्क प्राप्त हुने सेवा हो। यस्को लागि कसैलाई पैसा दिनु पर्दैन।
© Ministry of Health & Population
Department of Health Services
Information Management Unit (IMU)/Integrated Health Information Management System (IHIMS), Nepal